विश्व पर्यटन दिवस : सिमरा एयरर्पोटमा पर्यटककाे स्वागत

रातोघर

 १० आश्विन २०८०, बुधबार ११:४८  मा प्रकाशित
२७२ पाठक संख्या


सिमरा ।

४४ ओैं विश्व पर्यटन दिवसको अवसरमा आज सिमरा एयरर्पोटमा बुद्धएयरबाट आएका पर्यटकहरुलाई स्वागत र सम्मान गरिएको छ । बाराको सिमरा विमानस्थलमा काठमाडौंबाट बुद्धएयरको पहिलो फलाइटबाट सिमरा आएका यात्रुहरुलाई समेत स्वागत सम्मान गरिएको छ ।

सिमरा एयरपोर्टमा भएको कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल र नाटा मधेश प्रदेश अध्यक्ष मोहन शर्माले यात्रुहरुलाई अविर र खादा लगाएर सम्मान गरेका हुन।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्साल, सिमरा बिमानस्थल प्रमुख, जेसिस सिमरा लगाएतका प्रतिनिधिहरुको उपस्थितीमा स्वागत र सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।

 

Write your Comment