वार्षिकोत्सवको अवसरमा नारायणी अस्पतालमा रक्तदान, सप्ताहव्यापी कार्यक्रम गर्ने तयारी

रातोघर

 २०८० आश्विन १०, बुधबार  मा प्रकाशित
३६६ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्जको नारायणी अस्पतालले यस पटक भव्य रूपमा वार्षिकोत्सव मनाउने तयारी गरेको छ । स्थापना भएदेखि कहिल्यै पनि वार्षिकोत्सव नमनाएको अस्पतालले यस पटक एक सय ३१ औँ वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी गरेको हो । वार्षिकोत्सवकै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।डा. रोशन अलिको संयोजकत्वमा भएको कार्यक्रममा ३३ महिलासहित ९१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार डा. मुकेश अग्रवाल, साहेब अन्सारी, आदेश चौरसिया, ममता चौधरी, किरण कुमारी, आरती चौरसिया, प्रीति साह, शर्मिला महर्जन, सञ्जीव गुप्ता, विशाल राम लगायतले रक्तदान गरेका छन् ।रक्तदान कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, अस्पताल कर्मचारी युनियनका पूर्व अध्यक्ष रामेश्वर प्रसाद, डा. प्रभाकर पाण्डे, हरि गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban