बारामा बिल भन्दा बढी सामान लोड गरेको ४ वटा ट्रक प्रहरीको नियन्त्रणमा

रातोघर

 २०८० आश्विन ११, बिहिबार  मा प्रकाशित
३६० पाठक संख्या


बारा

बाराबाट एक करोड ३० लाखभन्दा बढीको अवैध सामानसहित चार वटा ट्रक प्रहरिले आज बिहान नियन्त्रणमा लिएको छ। जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया स्थित खटिएको प्रहरीको टोलीले चेंक जाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौं सहित विभिन्न स्थानमा गइरहेको पाँच वटा अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

वीरगञ्जबाट काठमाडौं  तर्फ जाँदै गरेको ना.६.ख.७१ नम्बरको ट्रकमा.३५ लाख २७ हजार ४७४, बा.४.ख ११२५ नम्बरको ट्रकमा ३६ लाख ६२ हजार ९७२, रुपन्देहीतर्फ जाँदै गरेको ना.४ ख ९०९१ नम्बरको ट्रकमा २४ लाख ९९ हजार ५७९ र ना. ६ ख ३०२४ नम्बरको ट्रकमा ३४ लाख ९५ हजार मूल्य बराबरको सामान लोड रहेको पाइएको थियो। ती सामानको स्रोत खुलाउन नसक्दा ट्रकसहित सामान नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

पछिल्लो क्रममा बारा प्रहरीले चेंक जाँचमा कडाई गरे संगै अहिले बारामा दैनिक बिल बिजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा लिने गरिएको छ । बिल भन्दा बढी सामना लोड गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिदा सरकारको राजश्व बढ्ने स्थानीयहरुले बताउने गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban