जनकपुरधाममा आज गौ हत्याविरुद्ध शान्तिपूर्ण विरोध सभा

रातोघर

 २०८० आश्विन १२, शुक्रबार  मा प्रकाशित
३४३ पाठक संख्या


वीरगञ्ज ।

विश्व हिन्दू परिषद्ले जनकपुरमा आज “गौ हत्या” विरुद्ध शुक्रवार शान्तिपूर्ण विरोध सभा गर्ने भएको छ । जानकी मन्दिरका महन्त राम रोशन दास वैष्णवको अध्यक्षतामा शुक्रवार जानकी मन्दिरको प्राङ्गणबाट विरोध सभा निस्कने जनाइएको छ ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा गौ हत्या भइरहँदा पनि सरकार मूकदर्शक भएर बसेको बताउँदै परिषद्ले सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध सभा गर्न लागेको महन्त रोशनले जानकारी दिए ।

गाई नेपालको राष्ट्रिय जनावर रहेको र गाईलाई हिन्दू धर्मावलम्बीले आमाको रूपमा परापूर्व कालदेखिनै मान्दै आएका कारण केही अतिबादीहरूले हिन्दू सनातन धर्ममाथि प्रहार स्वरूप गौ हत्या गरेको उनले आरोप लगाए । मुलुकलाई धर्म निरपेक्ष बनाउनु नै सनातनीहरूमाथिको पहिलो आक्रमण भएको उनको भनाई छ । उनले अब हिन्दूहरू जागरूक भइसकेको बताए ।

वीरगञ्ज । विश्व हिन्दू परिषद्ले जनकपुरमा आज “गौ हत्या” विरुद्ध शुक्रवार शान्तिपूर्ण विरोध सभा गर्ने भएको छ । जानकी मन्दिरका महन्त राम रोशन दास वैष्णवको अध्यक्षतामा शुक्रवार जानकी मन्दिरको प्राङ्गणबाट विरोध सभा निस्कने जनाइएको छ ।

पछिल्लो समय देशका विभिन्न ठाउँमा गौ हत्या भइरहँदा पनि सरकार मूकदर्शक भएर बसेको बताउँदै परिषद्ले सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध सभा गर्न लागेको महन्त रोशनले जानकारी दिए ।

गाई नेपालको राष्ट्रिय जनावरको रहेको र गाईलाई हिन्दू धर्मावलम्बीले आमाको रूपमा परापूर्व कालदेखिनै मान्दै आएका कारण केही अतिबादीहरूले हिन्दू सनातन धर्ममाथि प्रहार स्वरूप गौ हत्या गरेको उनले आरोप लगाए । मुलुकलाई धर्म निरपेक्ष बनाउनु नै सनातनीहरूमाथिको पहिलो आक्रमण भएको उनको भनाई छ । उनले अब हिन्दूहरू जागरूक भइसकेको बताए ।

विभिन्न चाडपर्वमा कुनै न कुनै बहानामा हिन्दूहरूमाथि आक्रमण हुँदा पनि सरकार र सरकारी निकायको मौनताले हिन्दूमाथि प्रहार भएको उनको बुझाई छ । ‘पटक–पटक आक्रमण गर्नु र पछि सद्भाव कायम राख्न आग्रह गर्छन्,’ महन्त रोशनले भने, ‘सद्भाव राख्ने काम सबै पक्षको हुन्छ भन्ने कुरालाई मनन गर्न जरुरी छ ।’

सामाजिक सञ्जालमै आफूहरूले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु दुःखद भएको बताउँदै उनले खबरदारी स्वरूप शुक्रवार शान्तिपूर्ण विरोध सभा गर्न लागेको बताए । जनक भूमि, जानकी जन्मस्थल र शान्तिका दूत मानिएका गौतम बुद्धको जन्म स्थलमा हत्या हिंसा तथा गौ हत्या गर्नेमाथि प्रतिबन्ध नलगाउनु गम्भीर पक्ष भएको उनले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban