हतियारसहित भारतीय युवक पक्राउ

रातोघर

 २०८० आश्विन १२, शुक्रबार  मा प्रकाशित
५०७ पाठक संख्या


महोत्तरी।

महोत्तरीबाट हातहतियारसहित एक जना भारतीय पक्राउ परेका छन् ।पेस्तोललगायतका हतियारसहित पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जिल्ला जयनगर ग्राम पञ्चायत – ११ बस्ने रामचन्द्र महतोको छोरा वर्ष २४ का बलबिन्द्र महतोको छन् ।

बीर.आर. ३० के ३४२९ नम्बरको मोटरसाइकलमा भारततिरबाट आउँदै गर्दा चेकजाँच गरेपछि उनको डिकीमा कटुवा पेस्तोल, एक राउन्ड गोली, किल्ला उखेल्ने रड र पेच कस बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलीपकुमार गिरीले जानकारी दिए ।मोटरसाइकलसँगै आइरहेको बी.आर. ५५ ए २७२५ नम्बरको अर्को मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban