

वीरगञ्ज ।
फोक्सोको समस्याबाट ग्रसित पत्रकार नेहाल खानलाई वीरगञ्ज युवा समाजले आर्थिक सहयोग गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत पत्रकार खानलाई समाजले २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
शुक्रवार समाजका अध्यक्ष सञ्जीव थापासहितको टोलीले पत्रकार खानलाई भेटेर रकम बराबरको चेक हस्तान्तरण गरेको छ ।सो अवसरमा समाजका सचिव दिवस सिंह ठकुरी, कोषाध्यक्ष मणि हर्ष शाक्य, सह कोषाध्यक्ष अस्मिता गौतम, सदस्यहरू सुशील श्रेष्ठ, विनोद धिमाल र पूर्ण गुरुङ लगायतको उपस्थिति रहेको थियो ।





Write your Comment