पर्साको बिन्दवासिनी गाउँपालिकाबाट एक महिलाको शव फेला

रातोघर

 २०८० आश्विन १३, शनिबार  मा प्रकाशित
४२५ पाठक संख्या


पर्साको बिन्दवासिवीरगञ्ज ।नी गाउँपालिकाबाट एक जना महिलाको शव फेला परेको छ । बिन्दबासीनी गाँउपालिकास्थित नदीको किनारमा एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको हो ।बिन्दबासिनी गाउँपालिका–२ ढोङ्गही खोलाको उत्तरतर्फ अन्दाजी ४० देखि ६० वर्षजस्तो देखिने एक महिलाको शव फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

शव सडिसकेको अवस्थामा रहेको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिननुभयो । शब सडेको अवस्थामा फेला परेकोले पहिचान समेत गर्न नसकिएको उहाँको भनाइ छ ।शव पोष्टर्माटमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban