जीतपुरसिमरा ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहामा रहेको घण्टीमाई साकोसको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार साकोसको प्रांगणमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।एक हजार १ सय शेयर सदस्य रहेको सहकारी संस्थाको १ सय २ वटा समूहबचत गर्ने समुह रहेको छ ।
आर्थिक बर्ष २०७९।८ं० मा संस्थाले करिब १८ करोडको कारोबार गरी रु ६० लाख ३७ हजार नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष कोपिला सिंखडाले बाचन गर्नुभएको प्रगती प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राष्ट्रिय सहकारी महासँघका सञ्चालक टेकप्रसाद चौलागाईँले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै चौलागाईले सहकारीले आफनो शेयर सदस्यहरुलाई खुसी पार्न सक्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी जहिले पनि आफनो शेयर सदस्यप्रती उत्तरदायि भएर आफनो क्रियाकलाब अगाडि बढाउँनुपर्ने बताउँनुभयो । शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभाँस बितरण गरिने संस्थाले जनाएको छ ।
एउटा कोठा भाडामा लिई २ जना कर्मचारीबाट कारोबार सुरुवात गरेको सँस्थाले अहिले आफ्नै दुई तले भवन निर्माण गरी कार्यालय सेवा र कारोबार सुरु गरेको छ ।संस्थाले आफ्नो एघारौँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न क्षेक्रका व्यक्तिहरुलाई विभिन्न विधामा सम्मान गरेको छ ।
शिक्षातर्फ एसइइमा उत्कृष्ट अंक ल्याउने नेरामावि औराहाका इशान खरेल र ने.रा. नमुना माविकी छात्रा रुचिकुमारी रौनियार थापालाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा जेष्ठ सेयर सदस्य लक्ष्मी पाठक र चिनबहादुर थापा सम्मान गरिएको थियो ।त्यसैगरी उत्कृष्ट ऋणी अम्व्या सोविन, माग वचतकर्ता बिनोद सापकोटा,नियमित कारोबारकर्ता पदमप्रसाद भट्ट, संस्थाका उत्कृष्ट कर्मचारी मेनुका हुमागाईँलाई सम्मानित गरिएको थियो ।
उत्कृष्ट बाल बचततर्फ गीसा शाहलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि ,अतिथिलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।साकोसले यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०८० बाट रञ्जन यादव र लक्ष्मी खरेललाई प्रदान गरेको छ ।
समुदाय,सामाजिक गतिविधि र सहकारीसम्बन्धी समाचार सम्प्रेशण गरेको भन्दै सञ्चारकर्मीद्वयलाई यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत गरिएको हो ।
मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, मधेश प्रदेश सभाका पूर्व सांसद सुन्दर विश्वकर्मा, नेफ्स्कुनका सञ्चालक हरेराम प्रसाद,बारा जिल्ला बचत सँघका अध्यक्ष सतेन्द्र ठाकुर, सञ्चारकर्मी विदुर खड्का, लघुवित्त तथा सहकारी विज्ञ प्रकाश पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Write your Comment