जिउतियाको अवसरमा शुक्रबार वीरगञ्जका विद्यालय विदा

रातोघर

 १८ आश्विन २०८०, बिहीबार १२:४५  मा प्रकाशित
३१९ पाठक संख्या



वीरगञ्ज ।

जिउतिया पर्वको अवसरमा वीरगञ्ज महानगरपालिकामा रहेका विद्यालयहरुमा भोलि शुक्रबार विदा दिइएको छ ।वीरगञ्ज महमनगरपालिका नगरपालिकाको कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वको अवसरमा भोलि शुक्रबार महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सुचनामा भोलि शुक्रबारका दिन वीरगञ्जमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ ।तराई मधेसमा मनाइने महिलाहरुको महान् पर्व जिउतिया आजदेखि विधिवत रुपमा सुरु भएको छ ।

Write your Comment