पथलैयाबाट करिब ढेड करोडको भन्सार छलीको मालसमान बरामद

रातोघर

 १९ आश्विन २०८०, शुक्रबार १२:२६  मा प्रकाशित
३५२ पाठक संख्या



बारा ।

बारा प्रहरीले बुधबारराती पथलैयाबाट करिब ढेड करोड मुल्य बराबरको भन्सार छलीको मालसमान सहित ट्रक नियन्त्रणमा लिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.०१ पथलैयामा चेकजाँचको क्रममा भन्सार छलीको मालसमान सहित दुई वटा ट्रक नियन्त्रणमा लिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

विरगंजबाट भैरहवातर्फ जाँदैँ गरेको ना ६ ख ३८२८ नं.को ट्रकमा ४९ लाख ८२ हजारको मालसमान र विरगंजबाट काठमाडौंतर्फ जादै गरेको ना.८.ख.४८४२ नं.को ट्रकमा ९२ लाख १९ हजारको सामानहरु भेटिएको थियो ।मालसमान सहित ट्रकलाई नियन्त्रणमा राखि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Write your Comment