बारामा अबैध घरेलु मदिरा नष्ट गर्ने अभियान सुरु

रातोघर

 १९ आश्विन २०८०, शुक्रबार १२:३९  मा प्रकाशित
३५५ पाठक संख्या



बारा ।

बारा प्रहरीले अबैध घरेलु मदिरा नष्ट गर्ने अभियान सुरु गरेको छ ।अभियानको क्रममा जिल्लाको करैयामाई गा.पा. वडा न. ०३ गालोपट्टी को एक ठाउँमा र महागढीमाई न.पा. वडा न. १०,३ र गंजभवानीपुर –९ मा मदिरा भट्टी भत्काई ५६ हजार ५ सय लिटर मदिरा नष्ट गरेको हो ।

प्रहरीले मदिरा राख्ने ड्रम १४ वटा,.मदिरा राख्ने डेक्ची १ वटा र मदिरा तयार पार्ने मेशिन ५ वटा नियन्त्रणमा लिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।बुधबार प्रहरीले पचरौता न.पा.वडा नं.८ छपकैयाको पाँच ठाउँबाट र आर्दश कोतवाल गाउँपालिको वडा नं.६ पटेर्वाको दुई ठाउँबाट गरी साँत स्थानबाट प्रहरीले ४५ हजार लिटर मदिरा नष्ट गरेको थियो ।

Write your Comment