जीतपुरसिमरामा करदाता शिक्षा कार्यक्रम सम्पन्न

रातोघर

 २०८० आश्विन १९, शुक्रबार  मा प्रकाशित
४५८ पाठक संख्या


सिमरा ।

आन्तरिक राजस्व कार्यलय सिमराको आयोजना तथा जितपुरसिमरा न।उ।बा।संघ र जितपुरसिमरा चेम्बर अफ कमर्सको संयोजनमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।केहिदिन अघि राजस्व कार्यालयले सिमरा बजारका व्यापारीलाई अनुगमनका नाममा अनावश्यक दुस्ख दिएको भन्दै व्यवसायी रुष्ट बनेका थिए ।जीतपुरसिमर नगर उधोग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको नेतृत्वमा व्यवसायीहरु कर कार्यालय पुगि सो बारेको गुनासो समेत गरेका थिए ।

अनुगमनका नाममा अनावश्यक जरिवाना लिएको भन्दै आक्रोशित बनेका स्थानिय व्यवसायीलाई कर कार्यालयले कर शिक्षा कार्यक्रम मार्फत सचेतना दिने र सकेसम्म पहिलो पटकमै जरिवाना असुल्ने कार्य नगर्ने भन्दै यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम विभिन्न चरणमा गरिने भएको छ । स्थानिय कतिपय व्यवसायीहरु कर प्रणालीबारे जानकारी नभएका कारण कर शिक्षालाई नगरका विभिन्न स्थानमा संचालन गरिने तयारी भएको अध्यक्ष लामिछानेले बताए ।

कार्यक्रममा स्थानिय व्यवसायीहरुले कर प्रणाली सम्बन्धि जानकारी नभएको , समान खरिद गर्दा ञअन्डर बिलिङ्गझ हुने गरेको र पहिलो पटक अनुगमनमा आउने बित्तिकै कुनै न कुनै बहानाले कार्यालयले जरिवाना लिने गरेको लगाएतको समस्याहरु राखेका थिए ।

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban