वीरगञ्ज ।
ट्राफिक प्रहरी पर्साले आज वीरगञ्जमा सवारी साधनहरु मथि अनुगमन गरेको छ । ट्राफिक प्रहरी पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडाको प्रत्यक्ष सक्रियतामा सो अनुगमन गरिएको हो ।
वीरगञ्जको मुख्य चौक घण्टाघर, बसपार्क लगायतको ठाँउमा अनुगमन गरिएको प्रहरी निरिक्षक खतिवडाले बताए ।उनले सडकमा जथाभावी गाडी रोक्ने यत्रु बसाउने ओराल्ने, मोटरसाईकलमा दुई भन्दा बढी बस्नेलाई कारवाही समेत गरेको बताए ।
चाडपर्व नजिकिए संगै सडकमा भिडभाड बढ्ने र बजारमा पनि चहलपहल बढि हुने भएकोले त्यसलाई व्यवस्थित गर्न अभियान शुरु गरिएको निरीक्षक खतिवडाले बताए ।
Write your Comment