हराएकी बालिकाको प्रहरीद्धारा उद्धार

रातोघर

 २०८० आश्विन २३, मंगलबार  मा प्रकाशित
४४५ पाठक संख्या


बारा ।

बारा प्रहरीले कलैयाबाट हराईरहेकी तीन वर्षकी बालिकालाई प्रहरीले ३ घण्टा भित्र फेला पारी उद्दार गरेको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर २ कवलपुरका श्यामबाबु यादवकी तीन वर्षिया छोरी रागिनी यादव सोमबार बिहान १० बजेतिर कलैया बजारबाट हराएकी थिइन् ।

उद्धार गरिएकी बालिकालाई उनकी आमा चिन्ता देवी यादवलाई जिम्मा लगाएर पठाइएकोे बाराका प्रहरी नायब उपपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

बालिका हराएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यलय बाराको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १ राजदेवी मन्दिर नजिकै फेला पारी उद्दार गरेको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban