सर्लाहीमा जङ्गली हात्तीको आक्रमणमा परि एकजनाको मृत्यु

रातोघर

 २३ आश्विन २०८०, मंगलवार १५:५०  मा प्रकाशित
३२६ पाठक संख्या



सर्लाही।

सर्लाहीमा जङ्गली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । रामेछाप लिखुतामाकोशी घर भइ सर्लाहीको हरिवन नगरपालिका–७ टाइवान बस्ने १८ वर्षीय शिवप्रसाद दाहालको आज बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

जानकी नगरको जङ्गलमा बिहान घाँस दाउरा लिन गएको बेला उहाँलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको सब डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत विनयकुमार साहले जानकारी दिनुभयो ।

 

Write your Comment