हमास आक्रमणमा परी ज्यान गुमाएकाहरूलाई सम्झँदै वीरगञ्जमा दीप प्रज्वलन

रातोघर

 २०८० आश्विन २४, बुधबार  मा प्रकाशित
३९१ पाठक संख्या


वीरगञ्ज ।

इजरायलमा प्यालेसटिनी विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकहरूको सम्झनामा वीरगञ्जका विभिन्न सङ्घ संस्थाहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरेका छन् ।

वीरगञ्जको घण्टाघर चोकमा मङ्गलवार साँझ लायन्स क्लब अफ वीरगञ्ज, निजगढ, सिमरा, कलैया, जीतपुर, अमलेखगञ्ज र गञ्जभवानीपुरले दीप प्रज्वलन कार्यक्रम गर्दै आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली नागरिकहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यसैगरी रोटर्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले पनि घण्टाघर चोकमै छुट्टै दीप प्रज्वलन कार्यक्रम गरेर श्रद्धाञ्जली व्यक्त गरेको थियो ।इजरायलमा हमासले गरिरहेको आक्रमणबाट गत शनिवार बिहान १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban