विश्व दृष्टि दिवसको अवसरमा वीरगञ्जमा ज्येष्ठ नागरिकको निशुल्क आँखा चेकजाँच

रातोघर

 २०८० आश्विन २५, बिहिबार  मा प्रकाशित
३२७ पाठक संख्या


वीरगञ्ज ।

विश्व दृष्टि दिवसको अवसरमा वीरगञ्जमा ज्येष्ठ नागरिकहरुको निशुल्क आँखा चेकजाँच गरिएको छ ।नेपाल नेत्रज्योति संघ पर्सा शाखाको आयोजना तथा केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।शिविरमा ३८ जनाको आँखा चेकजाँच गरिएको छ । जसमध्ये १३ जनामा मोतिबिन्दुको समस्या फेला परेको नेत्ररोग विशेषज्ञ डा.अन्जली चौधरीले जनाइन् ।मोतिबिन्दु भएकाहरुमध्ये छनौट भएका बिरामीको रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा निःशुल्क शल्यक्रिया गरिने नेपाल नेत्रज्योती संघ पर्साले जनाएको छ ।

नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला शाखाका सभापति भगवती प्रसाद चौधरीको सभापतित्वमा शिविर आयोजना गरिएको थियो ।भने कार्यक्रमका प्रमुख अतिथि नेत्रज्योति संघका केन्द्रीय सदस्य श्याम कुमार पोखरेलले आँखा परिक्षण गराउन आएका नागरिकहरुलाई चेकजाचँ स्लिप हस्तान्तरण गर्नुभएको छ ।साथै उनले दृष्टि दिवसको शुभकामना व्यक्त गरेका थिए ।शिविरमा जेष्ठ नागरिकका पुर्वाध्यक्ष जगदीश प्रसाद शर्मा, नेपाल रेडक्रस प्रदेस २ का अध्यक्ष फुलमहम्मद मियाँ, महन्थ प्रसाद यादव, नेत्रज्योतिका उपाध्यक्ष मदन प्रसाद गुप्ता लगायतको उपस्थित रहेको नेत्रज्योति संघका जिल्ला सदस्य राजन श्रीवास्तवले जनाए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban