सिमरा महिला साकोसको १६ औँ वार्षिक साधारणसभा सम्पन्न अधिवेशले खरेलको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

रातोघर

 २८ आश्विन २०८०, आईतवार १७:१९  मा प्रकाशित
१९४ पाठक संख्या



सिमरा

जिल्लाकै नमुना सहकारीको रूपमा स्थापित सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।मधेश प्रदेश सांसद मञ्जु थापाले पानसमा दीप प्रज्वलन गरी साधारणसभा उद्दघाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल,उपप्रमुख भोला अधिकारी,जीतपुरसिमरा उपमहानगरपालिकाका सहकारी प्रमुख सुदन चौधरी,जिल्ला सहकारी सँघका प्रतिनिधि मुकुन्दबहादुर क्षेत्री,नेपाली काँग्रेसका केन्द्रीय सदस्य निरु रायमाझी,हातमालो साकोसका सञ्जयकुमार साह,औराहा पशुपालन सहकारीका रमेश खरेल,औराहा उपभोक्ता सहकारीका पूर्णचन्द्र तिमल्सेना,घण्टीमाइ साकोसका तोयनाथ लुइटेल, संगालो साकोसका रत्न प्रसाद उप्रेती,साकोसका संस्थापक अध्यक्ष पुण्यवति कँडेल, जनकल्याण वचत तथा ऋण सहकारीका कृष्ण रिमाल, सञ्चारकर्मी उपेन्द्र ठाकुरलगायतको उपस्थिति रहेको थियो ।

यसैविच साधारण सभा तथा अधिवेशले मुना खरेलको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ ।शनिबार भएको वार्षिक सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भिमादेवी शर्मा,सचिवमा गीता शर्मा सहसचिव निलम चौधरी,कोषाध्यक्ष सनम पौडेल लगायतका रहेका छन ।

कार्यक्रममा उत्कृष्ट वचतकर्ता,उत्कृष्ट कारोवारकर्ता,उत्कृष्ट समूह, उत्कृष्ट समाजसेवीहरुलाई पुरस्कृत गरिएको थियो ।

यसैविच सो अवसरमा सहकारी अभियन्ता एवं जीतपुरसिमराका प्रथम मेयर डा.कृष्ण पौडेलको दिवंगत आतमाको चीर शान्तिको कामनासहित तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।

Write your Comment