बारा : छोराले गरे आमामाथि बलात्कारको प्रयास, प्रहरीमा उजुरी

रातोघर

 २०८० आश्विन २९, सोमबार  मा प्रकाशित
७४२ पाठक संख्या


बारा।

बारा जिल्लाको निजगढमा आफ्नै छोराले बलात्कार गर्ने प्रयास गरेको आरोप लगाउँदै आमाले प्रहरीमा उजुरी दिएकी छन् । निजगढ नगरपालिकामा एक ५६ वर्षीय महिलाले आफूमाथि आफ्नै छोराले बलात्कारको प्रयास गरेको आरोप लगाउँदै प्रहरीले उजुरी दिएकी हुन् ।

पीडित भनिएकी महिलाले आफ्ना ३६ वर्षीय छोराविरुद्ध इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएको बुझिएको छ । पतिले बहुविवाह गरेपछि छोरासँग बस्दै आएकी पीडित भनिएकी महिलाले आफूमाथि छोराले असोज २६ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै उजुरी गरेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण असोज २७ गते प्रादेशिक अस्पताल कलैया भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । घटना पश्चात् आरोपित फरार भएकोले खोजतलास भइरहेका उनले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban