वीरगञ्ज ।
मकवानपुरमा भाइले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।मकवानपुरको बागमती गाउँपालिका – ९ बेतनी बस्ने ४७ वर्षीय जीवनबहादुर तुमसिंहले आफ्नै दाजु ४८ वर्षीय अशोक तुमसिहंलाई खुकुरी प्रहार गरी घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
जीवनको खुकुरी प्रहारबाट अशोकको घाँटी र दाहिने हातमा चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।खुकुरी प्रहार गर्ने जीवन फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Write your Comment