एमाले मधेश अधिवेशनको बैधतामाथि प्रश्न

रातोघर

 २०८० कार्तिक १, बुधबार  मा प्रकाशित
४२७ पाठक संख्या


महोत्तरी ।

नेकपा एमाले मधेश प्रदेश अधिबेशनको बैधतामाथी प्रश्न नै प्रश्न उठन थालेको छ । गत असोज २५ र २६ गते भएको अधिबेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन ।

घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिववाहेक अन्य सदस्यहरुमा आफुखुसी गरेको जस्ता आरोप अहिले सतहमा देखिएपछि सो अधिवेसनको बैधानिकतामाथी प्रश्न उठाइएको हो । जिम्मेवार नेता र सदस्यहरुले बैधतामाथी प्रश्न उठाएपछी मधेशमा एमालेभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ ।

ञन प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरुलाई सहभागी गराईएको छ,झ एक जना पुर्व मधेश प्रदेश कमिटी सदस्यले भने, ञसबैजनालाई घर पठाई केही नेताहरु बसेर सदस्यहरु टुंग्याए रे भन्ने सुन्ने अवस्था देखा परेको छ ।ु

पाटीभित्रका इमान्दार र जिम्मेवार नेताहरुलाई पाखा लगाई शिर्ष नेताहरुको नजिक र चाप्लुसी गर्नेलाई मात्रै कमिटीमा ल्याएको प्रदेशस्तरिय नेताहरुको आरोप छ । ञयसले पाटीलाई बलियो वनाउनुको सट्टा थप कमजोर वनाउन सक्छ,झ अर्का नेताले भने, ‘पाटीमा कुनै योगदान नै नभएकाहरुलाई सर्वसम्मतको नाम दिएर आफुखुसी गर्नुलाई कसरी मान्नु र ?’ तर अधिबेशनका मुख्य निर्वाचन अधिकृत टिकाध्वज खडकाले पाटीको विधि र प्रक्रियाअनुसार नै अधिबेशन सम्पन्न भएको दावी गरेका छन ।

ञअब नेताहरु धेरै भएको पाटीमा त्यो खाल्को केही असन्तुष्टिहरु आउनु स्वभाविक पनि हो,झ निर्वाचन अधिकृत खडकाले भने,ञ मनोनितको नाम वाहेक पाटीवाट सर्वसम्मत भएका सवैजनाको नाम टाँस गरिएको छ ।झ उनका अनुसार अहिले ५ जना पदाधिकारी सहित २३५ जना सदस्यलाई सर्वसम्मत निर्वाचित गरिएको छ । तर, ५ जना पदाधिकारी वाहेक सदस्यहरुमा सर्वसम्मत नभएको असन्तुष्ट नेताहरुको जिकिर छ ।

ञबरु हामी निर्वाचन प्रणालीवाट गएको भए मान्थ्यौ तर नेताहरुका नजिक भएका आधारमा मुल्यांकन गर्नु त्यो गलत भयो,झ पाटीका अर्का पुर्व मधेश प्रदेश कमिटी सदस्यले भने, ञपाटीका लागि नै रगत पसिना भिजाएका साथीहरुको लागी अन्याय भएको छ ।

नवनिर्वाचित प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने एमालेभित्र देखिएको असन्तुष्टिलाई छिट्टै समाधान गर्ने बताएका छन । अधिबेशनमा सदस्य नाम छान्ने क्रममा पनि प्रत्येक जिल्लाका प्रतिनिधिहरुसगँ छुट्टाछुट्टै बैठक बसेर सर्वसम्मतमा नै टुंग्याएको वताउदै अध्यक्ष मण्डलले छुटेका साथीहरुलाई १० प्रतिशतमा समेटने बताए ।

ञविधानअनुसार १० प्रतिशत मनोनित गर्न पाउने व्यवस्था छ,झ उनले भने,  ञयसवाट पनि केही असन्तुष्टीहरु समाप्त हुनेछन् । उनका अनुसार पाटीले अगाडी सारेको मिसन २०८४ अभियानबाट विचलित नहुने र उदेश्य प्राप्ति गरेर नै छाडने म्यान्डेट पाएकाले अबको ध्यान त्यतै लगिनेछ ।

उता, पुर्व उपाध्यक्ष रेवती पन्तले विधि र प्रक्रियाअनुसार नै अधिबेशन भएको वताउदै केही त्रुटी भएको हुनसक्ने वताए । ञअब बिस्तारै असन्तुष्टि सेलाएर जान्छ अनि पाटी पुनस् चलायमान हुनेछ,झ उनले भने  । यद्दपी, पन्त पक्षधरहरुले भने पाटी कै कारण अख्तियारले अधिबेशनको अघिल्लो दिन मुद्दा  दायर गरेको आरोप लगाएका छन ।

पुर्व उपाध्यक्ष समेत रहेका पन्त अध्यक्षको दौडमा थिए । अख्तियारले एक प्रतिष्ठानमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेपछि अध्यक्षको दौडवाट उनी पछाडी हटन बाध्य भएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban