भन्सार छली गरेर ल्याइएको चिनी र चामल प्रहरी नियन्त्रणमा

रातोघर

 २०८० कार्तिक ११, शनिबार  मा प्रकाशित
३८४ पाठक संख्या


जनकपुरधाम ।

धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको चिनी र चामल बरामद गरेको छ । बिहीवार प्रहरीले २ लाख ७१ हजार १ सय बराबरको विभिन्न किराना सामानहरु, चिनि र चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरिक्षक चन्दकिशोर साहको कमाण्डमा खटिएको टोलीले धनुषाको बोडर हुँदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको अवस्थामा सो सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।बरामद गरिएको सो सामग्रीहरु आवश्यक कारवाहीको लागी शुक्रवार जनकपुर भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban