पर्सामा एक जना पुरुष मृत अवस्थामा फेला

रातोघर

 २०८० कार्तिक ११, शनिबार  मा प्रकाशित
४२२ पाठक संख्या


वीरगञ्ज ।

पर्साको पकहामैनपुर गाउँपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन् ।पकहानमैनपुर गाउँपालिकाको खेस्रहामा अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ ।विहान खेतमा काम गर्न गएको बेला ती पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।स्थानीयले खेतमा ती पुरुषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

यही सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जनाए ।उनका अनुसार अहिलेसम्म मृत्युको कारण खुल्न छैन ।फेला परेको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।फेला परेको शव उठाउन घटनस्थलमा प्रहरी पुगेर मुचुल्का उठाइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अहिलेसम्म फेलाको शवको सनाखत हुन सकेको छैन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban