

वीरगञ्ज ।
वीरगञ्ज राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महा अभियानले पर्सा जिल्लास्थित वीरगञ्जमा बैङ्क, लघुवित्त वित्तीय संस्थाको विरुद्ध वीरगञ्जमा शुक्रवार विरोध र्याली प्रदर्शन गरेको छ ।
राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महा अभियान पर्साका अध्यक्ष श्रीचन्द्र चौधरीको अध्यक्षतामा वीरगञ्जस्थित लालबंगलाबाट निस्केको विरोध र्याली निकालिएको थियो ।
र्यालीमा “गली गली मे सोर बा बैङ्क सब चोर बा”, “लघुवित्त वित्तीय संस्था खारिज गर”, “देशमा राष्ट्रिय आर्थिक सङ्कटकाल घोषणा गरी बैङ्क तथा अन्य वित्तीय संस्थाहरू नागरिकहरूको सम्पत्ति लिलाम कार्य तुरुन्त बन्द गर, राजाका पालामा स्थापना भएका र प्रजातन्त्र आएपछि बेचिएका सम्पूर्ण उद्योगधन्दा कल कारखानाहरू फिर्ता गरी पुन सञ्चालनमा ल्याउनु पर्ने इत्यादि नाराहरू लगाउँदै घण्टाघर चोक हुँदै माई स्थान, आदर्शनगर, अलखियामठ, पुरानो बसपार्क, घडिअर्वा पोखरी हुँदै पुन घण्टाघर चौकमा आइ कोणसभा परिणत भएको थियो
कोणसभालाई सम्बोधन गर्दै राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान पर्साका अध्यक्ष श्रीचन्द्र चौधरीले भने बैङ्क लघुवित्त, सहकारी, धितो पत्र, बोर्डहरू लाई राष्ट्रियकरण गरी विपन्न गरिब, सर्वहारा वर्ग र भुईँमान्छे किसानहरूले लिएको २० लाख भन्दा मुनिको ऋण मिनाहा गर ।
२० लाख भन्दा माथिको ऋण ४ प्रतिशत देखि ६ प्रतिशत ब्याजमा दिलाइ १० वर्ष सम्म तिर्ने समय थप गर । गणतन्त्रले धान्नै नसक्ने खर्च बढाइ यो देशलाई आर्थिक रूपमा जर्जर बनाइ टाट पल्टाएकोले राज्यको शासकीय स्वरूपलाई पुन संरचना गरी वर्तमान प्रदेश संरचना खारेज गर र २०४७ को संविधान लागु गर ।
स्थायी र आम जनताले अपनत्व महसुस गर्ने सरकार निर्माणका निम्ति जनस्तरबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागु गर, सांसदले मन्त्री बन्न नपाउने र त्यसका लागि विज्ञ समूहबाट मन्त्रीमण्डल छनौट गर्ने व्यवस्था लागु गर भनी आफ्ना भनाई राखेका थिए । साथै श्रीभगवान, साह, बलराम पासवान, तुलसी रामले कोणसभा लाई सम्बोधन गरेका थिए ।





Write your Comment