

वीरगञ्ज ।
दसैँ अवधिमा पर्सामा विभिन्न २२ वटा दुर्घटना भएका छन् । सप्तमीदेखि विजयादशमीसम्ममा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरू गरी जम्मा २२ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस अवधिमा २३ वटा मोटरसाइकल, ७ वटा कार/जिप, दुई वटा ट्रक र दुई वटा साइकल तथा तिन वटा अटो दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको हो ।दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।
यसै गरी ट्राफिक नियम उल्लङ्घन गरी चलाएका २२ वटा सवारी साधनहरूबाट ३ लाख ५७ हजार राजस्व समेत सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए ।यस वर्षको दसैँमा गत वर्ष भन्दा कम दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाको भनाई छ ।





Write your Comment