जबरजस्ती करणी गरेको आरोपमा एक तान्त्रिक पक्राउ

रातोघर

 २०८० कार्तिक १३, सोमबार  मा प्रकाशित
३५६ पाठक संख्या


जनकपुर ।

जबरजस्ती करणी गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।धनुषाको सबैला नगरपालिका वडा नम्बर १० स्थित अमरखाना टोल बस्ने ३२ वर्षिय विष्णुदेव ठाकुर बरहीले तन्त्रमन्त्र झारफुकको गर्ने नाममा ललाई फकाई झुक्यानमा पारी एक महिलालाई समसानघाटमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

आरोपित विष्णुदेवले धनुषाको औरही गाउपालिका वडा नम्बर १ स्थित जमुनि खोला छेउमा रहेको समसानघाटमा जबरजस्ती करणी गरी फरार थिए ।

लुकिछिपि रहेको अवस्थामा रहेका आरोपित विष्णुदेवलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।आरोपित विष्णुदेवलाई ०८० कार्तिक ११ गते नै पक्राउ गरी जबरजस्ती करणीको मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको उनले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban