पर्सा ट्राफिकले भन्यो : नागरिक एप देखाएर नहुने, लाइसेन्सको हार्डकपी नै चाहिन्छ

रातोघर

 २०८० कार्तिक १४, मंगलबार  मा प्रकाशित
३८७ पाठक संख्या


वीरगञ्ज ।

जिल्ला  ट्राफिक प्रहरी कार्यालय पर्साले नागरिक एपमार्फत लाइसेन्स देखाएर मात्र नहुने बताएको छ । मङ्गलवार सामाजिक सञ्जाल फेसबूक मार्फत एक सूचना जारी गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी जाँचको समयमा लाइसेन्सको हार्डकपि नै चाहिने जानकारी गराएको हो ।

लाइसेन्स प्राप्त हो होइन भन्ने कुराको पहिचानका लागि मात्र नागरिक एप मान्य हुने पर्सा ट्राफिकको भनाई छ । यद्यपि, ट्राफिक नियम उल्लङ्घन र कारबाही प्रक्रियाका क्रममा भने लाइसेन्सको हार्डकपी नै चाहिने प्रकाशित सूचनामा लेखिएको छ ।

सूचनामा भनिएको छ, ‘आदरणीय सवारी चालक ज्यूहरू, नेपाली नागरिकले ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको ब्यहोरा जानकारी गराउँद छौँ ।

हाललाई कुनै चालकले नागरिक एपमा लिङ्क रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने । तर, ट्राफिक नियम उल्लङ्घन र कारबाही प्रक्रियाको क्रममा भौतिक रूपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने ब्यहोरा जानकारी गराइन्छ ।’यद्यपि पर्सा ट्राफिकले नागरिक एपमा आफ्नो लाइसेन्स लिङ्क गर्न आग्रह गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban