

बारा ।
बारा जिल्लाको सदरमुकाम कलैयास्थित बाल एकता ईङ्गलिश विद्यालयका प्रधानाध्यापक रुपेश सर्राफको हत्या उनकै प्रेमिका राधा गुप्ता र उनका अर्का प्रेमि मनोज गुप्ताको संलग्नता रहेको खुलेको छ ।
घटनामा संलग्न एक महिलासहित ६ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुले दिएको बयान अनुसार सर्राफको हत्याको कारण यस्तो खुलेको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार प्र.अ. सर्राफ एक महिला राधा गुप्तासँग प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का एक प्रेमि मनोज गुप्ताले प्रधानाध्यापक सर्राफको हत्या गरेका हुन् ।
बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी महिला राधा गुप्ताको अर्का एक जना पुरुष मनोज गुप्तासँग पनि प्रेम सम्बन्धमा थिइन् । ती पुरुष गुप्ताले सर्राफलाई आफ्नी प्रेमिका राधासँगको सम्बन्ध तोड्न बारम्बार दबाब दिँदै आएको समेत खुलेको छ । राधाको प्रेम सम्बन्धमा फसेका सर्राफले त्यति सजिलै प्रेमिका छाड्न मानेका पनि थिएनन् ।
महिलाको अर्का प्रेमी मनोज गुप्ताले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल नभएको उपरीक्षक काफ्लेले बताए ।
सर्राफ हत्यामा महिला राधा गुप्ताले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बायन समेत प्रहरीलाई दिएकी छिन ।
घटनामा संलग्नमा रहेको ९ जना पुरुष र एक जना महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ । बारा प्रहरीले बुधबार बिहान ११ बजे पत्रकार सम्मेलन गरी उक्त घटनाको सार्वजनिक गर्ने तयारी रहेको छ ।
सोमबार दिउँसो साढे १२ बजेतिर विद्यालय नजिकै सडकमा मोटरसाइकलमा घर तर्फ जाँदै गरेका सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिहरूले गोली चलाएका थिए ।
३५ वर्षीय सर्राफको घाँटी, टाउको र छातीमा गरी तीन राउन्ड गोली लागेको थियो । गोली लागेर घाइते भई ढलेका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशिक अस्पतालमा पु¥याएका थियो ।
त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगञ्जस्थित नेपाल मेडीसिटी बायोधा हस्पिटलमा लागिएको थियो । त्यहीँ उपचारका क्रममा उनको चिकित्सकले मृत्युको घोषण गरेको प्रहरीले जनाएको छ ।





Write your Comment