रुपेशको हत्यामा संलग्न रहेकामध्ये ५ जना बारा प्रहरीद्वारा सार्वजनिक

रातोघर

 २०८० कार्तिक १५, बुधबार  मा प्रकाशित
६५५ पाठक संख्या


बारा ।

बारा प्रहरीले रुपेश सर्राफको हत्यामा संलग्न रहेकामध्ये ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने, फरार रहेका छन् ।

सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेकोे हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जना मानिस अनुसन्धानको दायरामा आएको र थप मानिसहरुसँग पनि सोधपुछको कार्य भइरहेको बताए ।

सर्राफको हत्यामा संलग्नहरु लाई सुरुमा फोटो बाट मात्रै घटनाको बारेमा पत्रकारहरु लाई जानकारी गराउदा उपस्तिथि पत्रकारहरु भौतिक रुप मै सार्बजनिक गर्नु पर्ने माग राखे पछि पुनः सबै आरोपीहरु लाई पत्रकार सामु प्रहरी उपरीक्षक काफ्लेले उपस्तिथि गराएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन