२७ जनाले गरे रक्तदान पर्साको बिन्दवासिनी इटियाहीमा

रातोघर

 २०८० कार्तिक १५, बुधबार  मा प्रकाशित
२५० पाठक संख्या


वीरगञ्ज ।

पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ ठूलो इटियाहीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो इटियाहीको आयोजना तथा बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ को कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस बिन्दबासिनी गाउँपालिका अध्यक्ष बिवेक चौरसियाले रक्तदान गरी कार्यक्रमको उदघाटन गरेका थिए ।

रक्तदान गर्नेहरुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसिया, मन्जेस कुमार, अमित कुमार साह, योधन चौरसिया, कृष्ण मोहन साह, मुना ठाकुर लगायतकाले रगतदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जले जनाएकोे छ ।

रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगञ्जका प्राविधिक मनिस कुमार साह, जानकी चौधरी लगायतको समुहले प्राविधिक सहयोग गरेका थिए ।

रक्तदान कार्यक्रममा वडाध्यक्ष जय प्रकाश चौरसिया, विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसिया, स्थानिय मुनिलाल दास लगायत विद्यालयका शिक्षक, राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजिवि लगायतको सहभागीता रहेको थियो ।

रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमुख अतिथि बिवेक चौरसिया, वडाध्यक्ष जय प्रकाश चौरसिया, विद्यालय अध्यक्ष मुकेश चौरसिया, प्रअ प्रमोद प्रसाद चौरसिया लगायतका अतिथिहरुले प्रशंसा पत्र प्रदान गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन