छठ पर्वलाई मध्यनजर गरी श्रीसिया नदी सफा राख्ने पर्सा–बाराका सरोकारवाला उद्योगको बैठक

रातोघर

 २०८० कार्तिक १७, शुक्रबार  मा प्रकाशित
२९१ पाठक संख्या


वीरगञ्ज ।

नेपालीहरुको महान् चाड छठ पर्वलाई मध्यनजर गरी श्रीसिया नदीलाई स्वच्छ र सफा राख्ने सम्बन्धमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अग्रसरतामा पर्सा–बाराका सरोकारवाला उद्योगका सञ्चालकहरुको बैठक बस्यो ।

बैठकमा मरियम लेदर इण्डष्ट्रिज, नारायणी लेदर इण्डष्ट्रिज, शिवशक्ति घ्यू उद्योग, अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स, नेपाल लेदर इण्डष्ट्रिज, ग्लोबल लेदर इण्डष्ट्रिज, मारुती पेयर मिल्स, दुर्गा पल्पस इण्डष्ट्रिज लगायत अन्य उद्योग प्रतिष्ठानका सञ्चालहरुको उपस्थिति रहेको थियो ।

छलफलमा श्रीसिया नदीलाई सफा राख्न श्रीसिया नदीमा प्रदूषण र फोहोर पानी बिसर्जन गर्ने कार्य बन्द गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । दिपावलीदेखि छठ पर्वसम्म उद्योगहरुले सफा पानी प्रवाहित गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

त्यस्तै छठ पर्व लगतै सरोकारवाला उद्योगहरुको उपस्थितिमा पुनः वृहत बैठकको आयोजना गरि श्रीसिया नदीलाई प्रदूषण मुक्त बनाउन ठोस कार्य योजना सहित नदीलाई सफा र स्वच्छ बनाउने दिशामा वीरगञ्ज उद्योग वाणिज्य सङ्घले संस्थागत पहल गर्ने धारणा सङ्घका अध्यक्ष अनिल अग्रवालले राख्नु भएको थियो ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, महासचिव आशीष लाठ, कोषाध्यक्ष शिवजी साह लगायत कार्यसमिति सदस्यहरुका साथै उद्योगीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban