तत्कालका लागि टर्‍यो चिनी अभावको समस्या, भारतले २५ हजार मेट्रिक टन दिने

रातोघर

 २०८० कार्तिक १७, शुक्रबार  मा प्रकाशित
३३३ पाठक संख्या


वीरगञ्ज ।

भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने भएको छ ।नेपाली बजारमा चिनीको अभाव देखिएपछि नेपालले भारतलाई चिनीमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो ।

भारतबाट तत्कालका लागि २५ हजार मेट्रिक टन चिनी आउने जानकारी प्राप्त भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए । उनका अनुसार भारतबाट जीटूजी (सरकार सरकार) मार्फत चिनी आउन लागेको हो ।

जीटूजीमार्फत आउन लागेकाले नेपालले चाहेको समयमा यो परिमाणको चिनी खरिद गरेर ल्याउन सक्नेछ । शनिवार र आइतबार भारतमा सरकारी बिदा हुने भएकाले त्यसपछि मात्र चिनी आयात हुने सम्भावना छ । भारतबाट चिनी आएपछि अहिलेको भन्दा भाउ केही सस्तो हुनेछ । अहिले बजारमा कालोबजारीसँगै चिनीको कृत्रिम अभाव भइरहेको छ ।

चाडपर्वको मौका छोपेर केही व्यापारीले चिनी लुकाएको आशङ्का गरिएको छ । सरकारले चिनीका गोदामहरूमा छापा मार्न प्रहरीलाई निर्देशन दिइसकेको छ । यस्तै, चिनीको अभाव हटाउन उद्योगीहरूसँग मौज्दातमा रहेको चिनी पनि बजार पठाउन थालिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban