वीरगञ्जकाे बजारमा म्याद गुज्रिएको बडवाइजर बियर बिक्री गर्दै

रातोघर

 २०८० कार्तिक १७, शुक्रबार  मा प्रकाशित
४१२ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्काे बजारमा म्याद गुज्रिएको (खान अयोग्य) बडवाइजर बियर बिक्री वितरण भइरहेको भेटिएको छ ।वीरगञ्जको लिंकरोडमा अवस्थित साजन स्टोर्सबाट एक ग्राहकले खरिद गरेको दुई बोत्तल बडवाइजर बियर खान अयोग्य अर्थात सेवन गर्ने समयअवधी गुज्रिएको अवस्थामा भेटिएपछि बजारमा डेट एक्सपायर बडवाइजर बियर बिक्री विततरण भइरहेको खुलासा भएको हो ।

वीरगञ्जका दुर्गा साहले साजन स्टोर्सबाट खरिद गरि सेवनका लागि ल्याएको दवै बोत्तलमा उत्पादक कम्पनिले टाँसेको स्टिकरमा उक्त बियरको उत्पादन मिति सन् २०२३ मार्च ५ तारिख (२०७९ फागुन २१ ) उल्लेख छ । यस्तै सेवन गरिसक्नु पर्ने अधिकतम मिति भने सन् २०२३ सेप्टेम्बर १ तारिख अर्थात (२०८० भदौं १५ गते ) लेखिएको छ ।

यसअनुसार उक्त बियर डेट एक्सपायर भएको २ महिना बितिसक्दापनि बजारमा निर्वाध रुपमा बिक्रवितरण भइरहेको छ । म्याद गुज्रिएर खान अयोग्य भइसकेको बियर बजारका मदीरा पसलहरुमा निर्वाध बिक्रीवितरण गरेर बडवाइजर बियर उत्पादक कम्पनि र उसका अधिकृत बिक्रेता (डिलर) ले उपभोक्ताको स्वास्थ्यसँग गम्भिर खेलवाड गरिरहेका छन् ।

बियर किनेका साहले भने, ‘थोकमा सस्तो पाइन्छ भनेर साजन स्टोर्सबाट ८ सय तिरेर दुई बोत्तल बियर लिएर आए । तर खाने बेलामा बोत्तलको लेबलमा आँखा परर्यो । हेर्दा त एक्सपायर डेट नै दुई महिना पो बितिसकेको रहेछ ।’

मंगलबार डेट एक्सपायर बडवाइजर बियर खरिद गरिएको पसल साजन स्टोर्सका सञ्चालक साजन सोनीले भने भूलवश आफूले ग्राहकलाई डेट एक्सपायर बियर ग्राहकलाई बेच्न पुगेको बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन