जगदम्बा स्टिलको लापरवाही : उद्योग परिसर भित्रै गाडीले किचेर कामदारको ज्यान गयो

रातोघर

 २०८० कार्तिक २३, बिहिबार  मा प्रकाशित
७४९ पाठक संख्या


सिमरा।

बाराकाे सिमरास्थित जगदम्बा स्टिल उद्योगका एक सरसफाइकर्मी मजदुरकाे लहरी ट्रकले चिकेर ज्यान गएको छ ।

राेकि राखेको प्रदेश ०२-०३-००१ ख ५९६ नम्बरको लहरीकाे अगाडि बाँयासाईडकाे बसेर गफगाफ गरिरेहेकाे अवस्थामा साेही गाडीले किचेर स्थानीय २३ वर्षिय उज्वल कार्कीको ज्यान गएको हाे ।

सामाजिक सञ्जालमा सार्वजनिक सिसिटिभी फुटेजमा कार्की साथीसँग गफ गरिरहेकाे बेलामा गाडीका चालकले अचानक गाडी अगाडि बढाएका थिए । गाडीले कार्कीलाई किचेपछि एकजना गाडीमा उक्लिन्छन् र दुवैजना त्यहाँबाट हिड्छन् ।

दुर्घटनापछि चालकसहित सुरक्षागार्डलेसमेत उद्वारमा ध्यान नदिएको दुर्घटनाकाे दर्दनाक दृष्यमा देखिन्छ ।

ईलाका प्रहरी कार्यालय सिमराका अनुसार चालक र सहचालक प्रहरीकाे नियन्त्रणमा छन् । सहचालकले गाडी चलाएकाे आशंका गरिएको छ ।

प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले पक्राउ परेका चालकले आफुसँग लाईसेन्स भएकाे बताएको जानकारी दिए । उनले भने- सिटमा भएपछि चालक नै मान्नुपर्याे । लाईसेन्स भए नभएको हेर्छाैं ।

यता उद्योगले भने ज्यान गइसकेको व्यत्तीलाई अस्पताल लगेर घटनालाई अन्यत्र मोड्न खोजेको स्थानियको आरोप छ । जगदम्बा स्टिलले यसरीनै लापरवाहिका कारण धेरै जनाको ज्यान लिइसकेकोे भन्दै स्थानियले उद्योगको चर्को बिरोध गरेका छन् ।

घटना स्थलमा सम्बन्धित कोहीपनी कर्मचारी नरहेको र ज्यान गइसकेपछी परिवारलाई सुचना नदिई अस्पताल पुर्याउनुमा कम्पनीको गैरजिम्मेवारीपन रहेको कतिपयको बुझाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban