जगदम्बा स्टिलको लापरवाही : उद्योग परिसर भित्रै गाडीले किचेर कामदारको ज्यान गयो

रातोघर

 २३ कार्तिक २०८०, बिहीबार ०९:५२  मा प्रकाशित
४०५ पाठक संख्या


सिमरा।

बाराकाे सिमरास्थित जगदम्बा स्टिल उद्योगका एक सरसफाइकर्मी मजदुरकाे लहरी ट्रकले चिकेर ज्यान गएको छ ।

राेकि राखेको प्रदेश ०२-०३-००१ ख ५९६ नम्बरको लहरीकाे अगाडि बाँयासाईडकाे बसेर गफगाफ गरिरेहेकाे अवस्थामा साेही गाडीले किचेर स्थानीय २३ वर्षिय उज्वल कार्कीको ज्यान गएको हाे ।

सामाजिक सञ्जालमा सार्वजनिक सिसिटिभी फुटेजमा कार्की साथीसँग गफ गरिरहेकाे बेलामा गाडीका चालकले अचानक गाडी अगाडि बढाएका थिए । गाडीले कार्कीलाई किचेपछि एकजना गाडीमा उक्लिन्छन् र दुवैजना त्यहाँबाट हिड्छन् ।

दुर्घटनापछि चालकसहित सुरक्षागार्डलेसमेत उद्वारमा ध्यान नदिएको दुर्घटनाकाे दर्दनाक दृष्यमा देखिन्छ ।

ईलाका प्रहरी कार्यालय सिमराका अनुसार चालक र सहचालक प्रहरीकाे नियन्त्रणमा छन् । सहचालकले गाडी चलाएकाे आशंका गरिएको छ ।

प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले पक्राउ परेका चालकले आफुसँग लाईसेन्स भएकाे बताएको जानकारी दिए । उनले भने- सिटमा भएपछि चालक नै मान्नुपर्याे । लाईसेन्स भए नभएको हेर्छाैं ।

यता उद्योगले भने ज्यान गइसकेको व्यत्तीलाई अस्पताल लगेर घटनालाई अन्यत्र मोड्न खोजेको स्थानियको आरोप छ । जगदम्बा स्टिलले यसरीनै लापरवाहिका कारण धेरै जनाको ज्यान लिइसकेकोे भन्दै स्थानियले उद्योगको चर्को बिरोध गरेका छन् ।

घटना स्थलमा सम्बन्धित कोहीपनी कर्मचारी नरहेको र ज्यान गइसकेपछी परिवारलाई सुचना नदिई अस्पताल पुर्याउनुमा कम्पनीको गैरजिम्मेवारीपन रहेको कतिपयको बुझाई छ ।

Write your Comment