नबिल बैंकको एटीएम मेसिन फुटाउने भारतीय नागरिक पक्राउ

रातोघर

 २३ कार्तिक २०८०, बिहीबार १२:१६  मा प्रकाशित
३१० पाठक संख्या



वीरगञ्ज ।

नबिल बैंकको एटीएम मेसिन तोडफोड गरेको आरोपमा १ जना भारतीय नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले भारतको बिहार घर भइ पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराइ क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उनको साथबाट पेचकस १ थान, रड १ थान र कैँची १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

Write your Comment