सुन चाँदीको मूल्य बढ्यो

रातोघर

 २०८० कार्तिक २४, शुक्रबार  मा प्रकाशित
३३४ पाठक संख्या


काठमाडौं ।

शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।महासंघले आजका लागि छापावाल सुनको मूल्य एक लाख १४ हजार ७५०, तेजावी सुनको मूल्य एक लाख १४ हजार १५० र चाँदीको मूल्य १४ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार एक लाख १३ हजार ७५० रुपैयाँमा छापावाल र एक लाख १३ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, एक हजार ३ सय ८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban