बारा प्रहरीबाट बिल बिजक भन्दा बढी १ करोड ६४ लाखको हार्डवेयरको सामान पक्राउ

रातोघर

 २५ कार्तिक २०८०, शनिबार १३:२३  मा प्रकाशित
१६४ पाठक संख्या


वीरगञ्ज ।

जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा भन्सार छलि हार्डवेयरका सामानसहित ४ ट्रक नियन्त्रणमा लिएको छ ।भारतीय ट्रकहरुको जाँच गर्ने क्रममा बारा प्रहरीले बिल बिजक भन्दा बढी हार्डवेयरका सामान लोड गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

बारा प्रहरीका अनुसार बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको भारतीय नम्बरको ट्रकबाट करिब १ करोड ६४ लाख भन्दा बढीको हार्डवेयरको सामानसहित ट्रक पक्राउ गरिएको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए ।उनका अनुसार बरामद चारवटै ट्रकमा बिल बिजक भन्दा बढी सामान भेटिएपछि सबै ट्रकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

बारा प्रहरीले भारतीय ट्रकबाट पीपी होम राफिया र डीएल फिटिङका सामान बारमद गरेको जनाएको छ ।विशेष सूचनाको आधारमा प्रहरीले पीबी १३ बीडी ९१८८, एचआर ४५ सि ९६८०, डब्लुबी २३ सि २८७३ र डब्लुबी ०३ डि २५१६ नम्बरको भारतीय ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।नियन्त्रणमा रहेका सबै भारतीय ट्रकहरुमा थप अनुसन्धानका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरी बताउँछ ।

Write your Comment