बारामा ६० हजार मुल्य बराबरको प्रतिबन्धित पटाका पक्राउ

रातोघर

 २०८० कार्तिक २६, आईतबार  मा प्रकाशित
४२४ पाठक संख्या


बारा ।

बारा प्रहरीले अवैध प्रतिबन्धित ६० हजार मुल्य बराबरको पटाका नियन्त्रणमा लिएको छ ।

यो तीन दिनमा बारा प्रहरीले विभिन्न ठाउँबाट लिएको जनाएको छ । बारा प्रहरी यही कार्तिक २३ देखि पटाका समाउने अभियान चलाएको थियो ।

पटाका पक्राउ गर्न खटेको विशेष प्रहरीको टोलीले भारतबाट ल्याउँदै गरेको अवैध पटाका पक्राउ गरेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

प्रहरी नियन्त्रणमा रहेको पटाका नष्ट गर्न आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरी बताउँछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban