

सिमरा ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान९नास्ट०ले दुई दर्जनभन्दा बढीलाई विभिन्न विधामा पुरस्कृत गर्ने निर्णय गरेको छ । नास्टका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ४६औं प्राज्ञसभा बैठकले २०७९ र २०८०का लागि पुरस्कार पाउने व्यक्तिहरूको नामावाली सार्वजनिक गरेको हो ।
जस अनुसार सभाले २०८० सालमा प्रदान गरिने पुरस्कारहरु मध्ये २५ हजार राशीको मोहन ध्वज बस्नेत प्रज्ञा पुरस्कारका लागी सिमा कुमारी गुप्ता, हस्क पावर नेपाल प्रा।लि।बीरगन्जलाई प्रदान गर्ने निर्णय भएको छ । हस्क संगै नास्टले अन्य बिभिन्न बिधाका पुरस्कारको समेत घोषणा गरेको हो ।
पर्साको विरगञ्जमा रहेको हस्क पावरले अहिले देशका ६३ जिल्लामा सुधारिएको चुलो बिक्री बितरण गरी देशमा धुँवारहित भान्साघरको अभियानमा लागेको छ । यो मधेश प्रदेशकै नमुना अभियान समेत हो ।





Write your Comment