दिपावलीको अवसरमा माता बैष्णो देवी मन्दिर परिसर वीरगञ्जमा ११ हजार दिप प्रज्वलन

रातोघर

 २७ कार्तिक २०८०, सोमबार १०:१३  मा प्रकाशित
२४० पाठक संख्या


वीरगञ्ज ।

हिन्दुहरुको महान चाँड दिपावली २०८० को अवसरमा वीरगञ्ज वाईपासस्थित माता बैष्णो देवी मन्दिर परिसरमा ११ हजार दिप प्रज्वलन गरिएको छ । हिन्दु स्वयम सेवक संघको आव्हानमा लक्षमी पुजाको दिन भव्य दिपोत्सव अन्तर्गत ११ हजार दिप प्रज्वलन गरिएको हो । संघको अहृवानमा वीरगञ्ज महानगरवासीको सहभागितामा दिपोत्सवमा आइतवार बेलुकी ८ बजे एकै पटक दिप प्रज्वलन गरिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ बाइपासस्थित माता बैष्णो देवी मन्दिर परिसरमा दिप प्रज्वलनमा सहभागी प्रत्येक परिवार एक एक व्लकमा दिप प्रज्वलन गरी ११ हजार दिप प्रज्वलन गरेका हुन । दिप प्रज्वलन पश्चात मन्दिर परिसर झिलमिल उत्सवमय बनेको थियो ।

Write your Comment