लक्ष्मीपूजाको दियो सल्केर भक्तपुरमा १ जनाको मृत्यु

रातोघर

 २७ कार्तिक २०८०, सोमबार १५:१०  मा प्रकाशित
५१३ पाठक संख्या



काठमाडौँ ।

भक्तपुरमा लक्ष्मीपूजा गर्दा दियो सल्केर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थली घर भएकी ८३ वर्षीया साबित्री देवी दाहाल छिन् । आइतबार लक्ष्मीपुजा गर्ने क्रममा उनले लगाएको लुगामा दियो सल्किएको थियो ।

कपडामा आगो सल्केपछि आत्तिएर बैठक कोठामा लडेकी दाहालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।

Write your Comment