वीरगञ्ज ।
आजबाट बिधिवत रुपमा छठ पर्व सुरु भएको छ । त्यसकारण अहिले यत्र,तत्र, सर्वत्र छठ घाटकै श्रृङ्गारिने काम भइरहेको छ घडिअर्वा पोखरीको घाटपछि बढी व्रतालु पुग्ने अर्को घाट बीरगन्जकै नगवा पोखरीको घाट । त्यसकारण यहाँको सजावटमा तिव्रता दिइएको छ । छठ पर्व नजिक्दै जाँदा नगवा घाटको सजावट पनि लगभग सकिन लागेको छठ व्यवस्थापन समितिको भनाइ छ ।
समितिका अनुसार नगवा पोखरीको घाटको सजावटको लगभग अन्तिम चरणमा पुगेको छ । तिन दिन बाकीँ रहदाँ वीरगञ्ज वडा नं १६ मा रहेको नगवा पोखरीलाई श्रृङ्गारिने काम लगभग पुरा हुन लागेको नगवा छठ पुजा समितिका अध्यक्ष सुरेशकुमार महतोले जनाए ।छठ व्यवस्थापन समितिका अनुसार यो घाटमा व्रतालुहरु मात्रै पाँच हजार अट्ने क्षमता छ ।
घाटको सजावटमा १२ लाख
नगवा पोखरी छठको सजावटमा यो वर्ष पनि ठूलै खर्च भइरहेको छ । व्यवस्थापनका अनुसार नगवा छठ घाटको सजावटमा मात्रै यो वर्ष १२ लाखको हाराहारीमा खर्च भइरहेको छ । व्रतालुहरुलाई पर्व मनाउन कुनै किसिमको समस्या नआओस भन्ने हेतुले हरेक पक्षमा उतकृष्ट व्यवस्थापन गरिएको समितिका अध्यक्ष महतोको भनाइ छ ।
नगवा पोखरीमा छठ पुजा गर्ने आउनेहरुको सहजताका लागि २२ लाख रुपैयाँको माटो मात्रै पुरिएको वडा नं १६ का वडाअध्यक्ष पशुराम चौरसीयाले बताए ।
Write your Comment