

मनहर्वा,बारा ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा जारी तेस्रो मनहर्वा गोल्डकप अन्तरगत दोस्रो दिनको खेल रिगल हेटौंडा रिसोर्टले जितेको छ । रौतहट एफ.सि. रौतहटलाई १ का विरुद्ध ५ गोलले पराजित गर्दै हेटौंडाले जित निकालेको हो ।
हेटौंडाको जितकालागि जर्सी नं.१० एलिस क्षेत्रीले ह्याट्रिक गरे । उनले खेलको ६७, ७० र ८१ मिनटमा लगातार गोल गर्दै नतिजा फराकीलो बनाएका थिए ।
निर्धारित ९० मिनटको खेलको १० औं मिनेटमा हेटौंडाका लागि सुदिप सापकोटाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको २९ मिनटपछी रौतहटका खेलाडी राजु पहरीले ३९ औं मिनटमा गोल फर्काएर खेललाई बराबरी बनाएका थिए ।
दोस्रो हाफपछी चम्कीएको हेटौंडाले निरन्तर गोल गर्दै जीतलाई फराकिलो बनाएको थियो । खेलको अन्तीम अर्थात ८७ औं मिनटमा हेटौंडाका सरोज राईले गोल गरेपछी हेटौंडाका लागि ५ गोलको फराकीलो अन्तर बनेको हो ।
पटक पटकको अवसरलाई सदुपयोग गर्न नसक्दा एक गोलमै खुम्चीन पुगेको रौतहट प्रतियोगिताबाट बाहिरीएको छ । भने रिगल रिर्सोट हेटौंडा जीतसँगै सेमीफाईनल प्रवेश गरेको छ । उसले १६ गते हुने बि.वाई.सी. सर्लाही र एन.डि. वाई.सी,सिमरा बिचको खेलको विजेतासँग सेमीफानल खेल पक्का गरेको छ ।
आजको खेलकामा हेटौंडका खेलाडी जर्सी नं.१०का एलिस क्षेत्री मेन अफ दि म्याच घोषित भए । उनले नगद रु २ हजार ५ सय र ट्रफि प्राप्त गरेका छन् ।
भोलीको खेल हानामी बि.एफ.सी. चितवन र बीरजंज यूनाईटेड पर्सा विच हुने छ । माघ २० गतेसम्म आयोजना हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।





Write your Comment