भुमि आयोगद्वारा बडहर्वाबाट जग्गाको नापजाँच सुरु

पुष्पराज खतिवडा

 २०८० माघ १७, बुधबार  मा प्रकाशित
१२६० पाठक संख्या


बडहर्वा,बारा ।
भुमि आयोग बाराले जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८को बडहर्वाबाट जग्गाको नापजाँच सुरु गरेको छ । बुधबार भुमि आयोगका अध्यक्ष छविलाल उप्रेतीको उपस्थीतीमा साविक भोडहा ६(ग) कित्ता नं.१९ लाई आधार मानेर नापजाँच सुरु गरिएको हो ।

विहिबारबाट नियमित रुपमा सिमा निर्धारण गर्दै वडा नं.१८ भित्र भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थीत बसोबासीहरुको जग्गा नापी गरीने भएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिए ।

वडा नं. १८ मा मात्रै भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थीत बसोबासी गरी ९ सय १५ जनालाई करिब ३ सय विगाह क्षेत्रफलको निस्सा गतबर्ष नै वितरण भएको उनले बताए ।

भुमि आयोगका कारण निस्सा पाएकाहरुको जग्गा नापजाँचमा ढिलासुस्तीका हुँदै आएको थियो । नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी र स्वयम् मेरो दवावमा आयोगबाट वडाको आधार क्षेत्र निर्धारण गरी नापजाँचको काम सुरु भएको छ ,वडा अध्यक्ष वाग्लेले बताए ।

“हेरौं भोलीबाट कामले गती लेला । पटकपटक भोलीबाट पर्सीबाट नापजाँचको काम सुरु गर्ने भन्दै रोकिँदै आएको थियो । यद्यपी आयोगका अध्यक्ष ज्युबाटै सहजीकरण भएकाले यसपटक काम हुने आशा बढेको छ ।

फागुन २७ गते जितपुरसिमराले उपमहानगर दिवसका अवसरमा लालपूर्जा वितरणको सुरुवात गर्नेगरी काम गरिने आस्वासन पाएकाछौं,” वडा अध्यक्ष वाग्ले भने ।

जग्गा नापजाँचको सुरुवात गर्ने कार्यक्रममा भुमि आयोग अध्यक्ष उप्रेती, विज्ञ केदार प्रसाद गौतम् , सदस्यहरु कलावती पास्वान, मेहीलाल चौधरी, नापी कार्यालय बारा प्रमुख चन्दन दास सहित स्थानिय वडा सहजिकरण समितिका पधादीकारीहरुको सहभागिता थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban