राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी : “मधेस सरकारमा सहभागिता अनुशासन उल्लंघन”

रातोघर

 २०८२ कार्तिक २४, सोमबार  मा प्रकाशित
१५७ पाठक संख्या


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा पार्टीको सहभागिता अनुशासनको गम्भीर उल्लंघन भएको बताएका छन्।

अध्यक्ष लिङ्देनले पार्टीको आधिकारिक निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएका सदस्यप्रति असन्तुष्टि व्यक्त गर्दै तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्। उनले निर्देशनको अवज्ञा भए पार्टीको विधानअनुसार कारबाही गरिने चेतावनी समेत दिएका छन्।

लिङ्देनले भनेका छन्, “पार्टी निर्णय उल्लंघन गरी सरकारमा सहभागी हुनु संगठनात्मक अनुशासनविपरीतको कार्य हो। यस्तो कार्य सह्य हुने छैन।”

राप्रपाले मधेस प्रदेशमा सरकारमा सहभागी नहुने निर्णय पहिले नै गरिसकेको थियो। तर हाल केही नेताहरू प्रदेश सरकारमा सहभागी भएपछि पार्टी नेतृत्वले त्यसप्रति असन्तुष्टि जनाएको हो।

Write your Comment