


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गते हुने निर्वाचनबाट नयाँ संसद गठन हुने स्पष्ट संकेत दिएका छन्। उनले कांग्रेस यस विषयमा कुनै अलमलमा नरहेको भन्दै पार्टी निर्वाचनप्रति पूर्ण प्रतिबद्ध रहेको बताए।
महामन्त्री थापाका अनुसार अहिले पार्टीभित्र देखिएको अलमल अधिवेशनसम्बन्धी प्राविधिक विषयमा मात्रै सीमित रहेको छ। उनले भने, “निर्वाचनबारे कांग्रेसको धारणा स्पष्ट छ — हामी निर्वाचन चाहन्छौं र त्यसलाई सफल बनाउन कांग्रेस पूर्ण तयारीमा छ।”
थापाले सबै राजनीतिक दलहरूले पनि लोकतान्त्रिक प्रक्रियाप्रति जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै, निर्वाचनलाई असफल बनाउन खोज्ने कुनै प्रयासलाई जनताले अस्वीकार गर्ने चेतावनी दिएका छन्।





Write your Comment