इन्टरनेटमा नयाँ क्रान्ति : वर्ल्डलिंकद्वारा ‘सिक्सजी वाई-फाई’ सार्वजनिक, यस्तो छ नयाँ प्याकेजहरू

रातोघर

 २०८२ कार्तिक २४, सोमबार  मा प्रकाशित
१३२ पाठक संख्या


काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ पुस्ताको प्रविधि ‘वर्ल्डलिंक सिक्सजी वाई-फाई’ सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा कम्पनीले उक्त अत्याधुनिक इन्टरनेट प्रविधि औपचारिक रूपमा घोषणा गरेको हो।

कम्पनीका अनुसार ‘वर्ल्डलिंक सिक्सजी’ले नेपाली उपभोक्ता र व्यवसायिक प्रयोजनका लागि इन्टरनेट अनुभवमा नयाँ युगको सुरुवात गर्नेछ। यो प्रविधिले हाल प्रयोगमा रहेको वाई-फाई फाइभभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट (गति र क्षमता) प्रदान गर्ने बताइएको छ।

वर्ल्डलिंकले यस प्रविधिले प्रयोगकर्तालाई अझ सहज प्रदर्शन, भरपर्दो कनेक्शन र विभिन्न उपकरण तथा स्थानमा मजबुत कनेक्टिभिटी सुनिश्चित गर्ने दाबी गरेको छ।

सार्वजनिक समारोहमा वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले कम्पनी नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे। उनले भने, “वाई-फाई सिक्स नेपालको स्मार्ट, द्रुत र प्रभावकारी डिजिटल जीवनतर्फको एक निर्णायक कदम हो।”

Write your Comment