हर्क साम्पाङ : “सत्तामा पुग्यौं भने हप्तामा तीन दिन मात्रै स्कुल र अफिस खुल्ने”

रातोघर

 २०८२ कार्तिक २४, सोमबार  मा प्रकाशित
१६० पाठक संख्या


धरान । धरानका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तामा पुगेपछि शिक्षा र काम प्रणालीमा आमूल परिवर्तन गर्ने बताएका छन्।

उनका अनुसार, पार्टी सत्तामा पुगेपछि हप्तामा तीन दिन मात्र विद्यालय र कार्यालय खुल्ने र बाँकी चार दिन नागरिकले आविष्कार, अनुसन्धान र सिर्जनात्मक काममा समय दिने व्यवस्था गर्ने योजना छ।

साम्पाङले भने, “हामी सत्तामा पुग्यौं भने हप्तामा तीन दिन मात्र स्कुल खोल्ने हो। तीन दिन स्कुल जाने, चार दिन काम गर्ने। अफिस पनि तीन दिन मात्रै खोल्ने। काम गर्ने भनेर ढुङ्गा मात्रै बोक्ने होइन, निर्माणमा, आविष्कारमा, अन्वेषणमा काम गर्ने।”

उनको भनाइ अनुसार यो अवधारणा श्रम र सिर्जनशीलतालाई सन्तुलनमा ल्याउने नयाँ सामाजिक अभ्यासको सुरुवात हुनेछ।

Write your Comment