


काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अञ्जीला तुम्बापो सुब्बाले भारतीय फुटबलका पूर्वकप्तान सुनील क्षेत्रीको हस्ताक्षर गरिएको जर्सी प्राप्त गरेकी छन्।
क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन् २०२४ मा सन्यास लिएपछि आफ्ना हस्ताक्षर गरिएको केही जर्सीहरू विभिन्न देशका फुटबलप्रेमीहरू र खेलाडीहरूलाई उपहारस्वरूप पठाउँदै आएका छन्। त्यसै क्रममा उनले नेपाली गोलकिपर अञ्जीलालाई पनि आफ्नो जर्सी पठाएका हुन्।
जर्सी प्राप्त गरेपछि अञ्जीलाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दै लेखेकी छिन् – “एउटा महान् फुटबलको हस्ताक्षरित जर्सी पाउनु मेरो लागि ठूलो प्रेरणा हो। सुनील क्षेत्री जस्तो दिग्गज खेलाडीबाट यस्तो उपहार पाउनु गर्वको कुरा हो।”
क्षेत्रीलाई भारतीय फुटबलको इतिहासमा सबैभन्दा सफल र प्रेरणादायी खेलाडीका रूपमा लिइन्छ। उनले भारतका लागि १५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका छन् र दक्षिण एसियाली फुटबलमा उच्च स्थान ओगटेका छन्।





Write your Comment