सुदन गुरुङको चेतावनी : “माग पूरा नभइकन चुनाव सम्भव छैन”

रातोघर

 २०८२ कार्तिक २७, बिहिबार  मा प्रकाशित
१३४ पाठक संख्या


काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधि सुदन गुरुङले मागहरू पूरा नगरी चुनाव हुन नसक्ने चेतावनी दिएका छन्।

लैनचौरस्थित स्काउटको जग्गामा खड्का ल्यान्ड प्रालिले बनाएका संरचना भत्काउने क्रममा पत्रकारसँग कुरा गर्दै गुरुङले सबै जेनजी एकै ठाउँमा रहेको र उनीहरूको माग पनि एउटै भएको बताए।

उनले भने, “जेनजीले राखेका माग पूरा नभइकन चुनाव कसरी हुन सक्छ? माग पूरा नभए अर्को आन्दोलन हुन सक्छ, यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्छ।”

गुरुङले थपे, “हामीसँग जंगीअड्डामा पनि गृहमन्त्री हुनुहुन्थ्यो। माग पूरा नभए हामीलाई धोका दिएको मानिन्छ। अब आएर चुनाव भन्नु भन्दा पहिले, माग पूरा गर्नुपर्ने जिम्मेवारी उहाँको हो।”

Write your Comment